२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

आर्थिक अभावका कारण मृत्युलाई कुर्दै वालक 

Author Uttari Morang
शुक्रबार, चैत्र २२, २०७५
आर्थिक अभावका कारण मृत्युलाई कुर्दै वालक 

कालिकोटको रास्कोट नगरपालिका निवासी किशोर न्यौपानेको आर्थिक अभावका कारण उपचार अवरुद्ध भएको छ ।

एप्लाष्टिक एनेमिया नामक रक्तरोगका कारण दुई महिना देखि उपचारार्थ न्यौपानेको आर्थिक अभावका कारण केही दिनदेखि उपचार रोकिएको हो ।
बोनम्यारो फेल भएर बानेश्वरको सिभिल अस्पतालमा भर्ना भएका न्यौपानेलाई बोन म्यारो फेर्नका लागि अस्पतालमा पैसा जम्मा गर्न नसक्दा उपचार अबरुद्ध भएको उनका आफन्तले जनाएका छन् ।
विरामी न्यौपानेका दाई खगराज न्यौपानेका अनुसार आर्थिक अभावका कारण अस्पताल राख्न नसकि अहिले महाराजगंजमा रहेको कोठामा मृत्यू कुरिरहेको बताए । उनको उपचार खर्च १५ लाख लाग्ने अस्पताल श्रोतले जनाएको छ । तर अस्पतालले केही सहायता उपलव्ध गराउन सकिने सिभिल अस्पतालको भनाई छ ।
दुर्गम कालिकोटको गरिव परिवारमा जन्मिएका न्यौपानेको पारिवारिक आर्थिक स्थितिले उपचार सम्भव छैन । त्यहि उपचारका लागि पैसा नहँदा उनी एउटा कोठामा जीवन र मृत्युको दोधारमा छन । विरामीका दाई खगराज न्यौपानेका अनुसार आजसम्म ४ लाख खर्च भइसकेको र अव १२ लाख रुपैयाँ भएको खण्डमा भाइलाई बचाउन सकिने बताए ।
न्यौपानेले भाइलाई बचाउन सबैलाई सहयोगको याचना गरेका छन । उनलाई सहयोग गर्न चाहनेहरुले कालिकोटको रास्कोट नगरपालिकामा रहेको उनकी आमाको नाममा रहेको ग्लोवल आइएमई बैँकको खाता नम्बर भ्२०७०१००००३०८ मा सिधै जम्मा गर्न सक्ने बताए ।
उनलाई सिभिल अस्पतालका हेमाटोलोजी विभागका डा. विशेष पौडेलको प्रत्यक्ष निग्रानीमा उपचार भइरहेको छ । उनलाई गाह्रो भएको खण्डमा अस्पतालमा ल्याएर देखाउने गरिएको खगराज न्यौपानेले बताए ।