विधेयक दुरुस्तै पास भए प्रेस स्वतन्त्रता समाप्त हुने महासंघका पुर्व अघ्यक्षहरुको ठहर
Uttari Morang
सरकारले संसदमा दर्ता गराएको आमसंचार सम्वन्धी विधेयक पास भए पूर्ण रुपमा प्रेस स्वतन्त्रता समाप्त हुने नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको पूर्व सभापतिहरुको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष मोहन वान्तवा, र पूर्व अध्यक्ष खगेन्द्र घिमिरेले वर्तमान सरकारले लोकतन्त्र र प्रेश विरोधी आम संचार विधेयक संसदमा तर्दा गराएकोले त्यसलाई पास गर्न नदिन आन्दोलन एक मात्र विकल्प रहेको वताउदै आन्दोलन मार्फत चौतर्फी दवाव दिनु पर्ने वताएका थिए ।
उनीहरुले यस प्रकारको विधेयक पास भए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा समाप्त हुने समेत वताए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,कोषाध्यक्ष नारायण कुमार राई ,फोनिजका अध्यक्ष सन्तवीर लामा,प्रेस संगठन धनकुटका सन्तोष रुचाल,पत्रकारहरु बिनोद घिमिरे लगायतले आन्दोलनलाई सशक्त बनाउदै लानु पर्नेमा जोड दिनु भयो ।






