२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

ईलाका प्रहरी कार्यालय पथरीका असइ उत्तम कटुवाल बने ‘पुलिस अफ दि मन्थ’

Author Uttari Morang
सोमबार, जेठ १३, २०७६
ईलाका प्रहरी कार्यालय पथरीका असइ उत्तम कटुवाल बने ‘पुलिस अफ दि मन्थ’

कुमार खड्का, पथरी / जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको ‘पुलिस अफ दि मन्थ’ को उपाधी इप्रका पथरीका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित अर्का एक जवानलाई प्रदान गरेको छ ।

कटुवाल ईलाका प्रहरी पथरीका घटनास्थल अधिकृत सम्म रहेको छन् । कटुवाल ईलाका प्रहरी कार्यालयबाट उत्कृष्ठ प्रहरीको सुचीमा पर्ने पहिलो प्रहरी समेत बनेका छन् ।

पछिल्लो समय यस ईलाका क्षेत्रमा हुने गरेका अपराधिक कृयाकलाप हरुको छानविनमा उल्लेख्य योगदान पु¥याएको ,चोरी तस्करी, लुटपाट, समाजमा हुने सामाजिक विकृति विसङगतिलाई नियन्त्रण एवम उक्त कार्यमा समलग्न व्याक्तिहरुलाई पक्राउ गरि कार्वाहिको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल रहेको बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा दरवन्दी रहेका कटुवाल २०७४ चैतमा ईलाका प्रहरी कार्यालय पथरीमा आएका हुन ।

कटुवालले गत बैशाख १७ गते स्थानिय पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मनकामना टोल बस्ने अन्दाजी ६५ वर्षीया पूर्णिमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई ७ दिनपछि नियन्त्रणमा लिन सफल भएका थिए ।

प्रहरीले दुर्घटना भएको १ हप्तापछि ठक्कर दिने को ३४ प ९२१५ नम्बरको मोटरसाईकल र चालकलाई विराटनगर–११ बाट बैशाख २४ गते नियन्त्रणमा लिएको थियो ।

कटुवालका साथै ईलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान विनोद कार्की पनि बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषीत भएका छन् ।

कटुवालले प्राविधिक रुपमा यस क्षेत्रमा हुने गरेका घटना क्रमहरुमा अनुसञ्धानको पाटोमा उल्लेख्य भुमिका निर्वाह गरेका छन् ।