२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

अनलाइन पत्रकार संघको नयाँ समिति गठन, फेरि सत्याल नै भए अध्यक्ष

Author Uttari Morang
आइतबार, जेठ १९, २०७६
अनलाइन पत्रकार संघको नयाँ समिति गठन, फेरि सत्याल नै भए अध्यक्ष

अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन हुनुभएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी चुनिनुभएको हो ।

यस्तै सदस्यहरुमा सेतोपाटीडटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।