२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
पूर्वी नेपाल

कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन

Author Uttari Morang
मंगलबार, आषाढ २४, २०७६
कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन

धनकुटा, असार २४ गते  । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती निर्माण गरेको हो । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको भेलाले केशब कुवरको अध्यक्षतामा समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा अनुता अधिकारी, सचिबमा सन्तोष बुढाथोकी, सहसचिव सुवन श्रेष्ठ र कोषाध्यक्षमा स्नेहा श्रेष्ठलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा बिमला रायामाझी, तेजेन्द्र अधिकारी, तारा काफ्ले, रेश्मा रोइला, इन्दिरा भण्डारी र सृजना लामिछानेलाई चयन गरेको छ । राष्ट्रिय खेलकुद् परिषद अन्तर्गत संचालित के.आइ.एफ. कुरोदय मार्सल आर्ट्स संघ नेपालमा वि.स. २०७३ सालमा स्थापना भएको हो । नेदरल्याण्डबाट सुरुवात भएको कुरोदय मार्सल आर्ट्सको संस्थापक टेन डन रेड बेल्ट सोके कृष्ण गोपाल हुन् ।
यसले नेपालमा महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प भन्ने नाराको साथ आत्मरक्षा सम्बन्धि सीप सिकाउदै आएको छ । बल होइन बुद्धिको प्रयोग गरि विशेष परिस्थितिमा कसरि आत्मरक्षा गर्न सकिन्छ भन्ने तालिम संघले सञ्चालन गर्ने गरेको छ ।
भेलामा जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राई सहित विद्यार्थी नेता प्रकाश गिरी, समितीको प्रेस सल्लाहकार ईश्वर थापा लगायतको उपस्थिती रहेको थियो ।