२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

Author Uttari Morang
बिहिबार, साउन ३०, २०७६
रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  ।

फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् ।

रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका तिर्थ दाहाल र अचल जति लगायतले पत्रकार सम्मेलन गरेर उक्त कुराकाे विराेध जनाए ।

पत्रकार सम्मेलनमा बाेल्दै रुद्राक्ष उत्पादक कृषक भक्तकिरण राईले केही मुठ्ठीभरका व्यवसायी सङ्घका व्यक्तिहरुले अाफ्नाे एकाधिकार घट्ने डरले फर्टिलाईजरकाे प्रयाेगमा प्रतिवन्ध लगाउन उध्यत रहेकाे दाबी गरे ।

सुन्दरहरैंचा नगरपालिकाका नगरकार्य समिति सदस्य समेत रहेका राई अाफूले व्यवसायकाे रुपमा नभए पनि भाेजपुर र माेरङमा गरेर लगभग १८ राेपनी क्षेत्रफलमा यसकाे खेती गरेकाे  र रुद्राक्षकाे सम्भावना भने राम्राे रहेकाे वताए ।

अाफूहरुले कृषि प्राविधिककै सल्लाह अनुसार नै फर्टिलाईजर प्रयाेग गरिरहेकाे हुनाले यसकाे प्रयाेगले वातावरणमा कुनै असर नगर्ने वरु यसले उत्पादनमा वृद्धि गर्ने उनीहरुकाे मत रहेकाे छ ।

उता सडानन्द गाउँपालिकामा फर्टिलाईजरकाे प्रयाेगलाई यश अघि नै प्रतिवन्ध लगाएकाे छ । केही मुठ्ठीभरका व्यवसायीकाे प्रभावमा परेर याे काम भैरहेकाे उनीहरुकाे अाराेप रहेकाे छ  ।

त्यही समूह प्रदेश सरकारलाई पनि प्रभावमा पारेर प्रतिवन्धलाई प्रदेशसरकारबाट वैधानिकता दिलाउने दाउमा रहेकाेले अाफूहरुले राज्यलाई सचेत गराउनकै लागि याे पत्रकार सममेलन गरेकाे उनीहरु वताउछन् ।  

पत्रकार सम्मेलनमा भक्तकिरण राई, तिर्थ दाहाल र अचल जति सहभागी थिए ।

विविध कारणले अरु कृषकहरु सहभागी हुन नसके पनि आफूहरुले अधिकांक्ष कृषककाे प्रतिनिधित्व गरेकाे सङ्खुवासभाका रुद्राक्ष  कृषक तिर्थ दाहाल वताउछन् ।

सामान्यतया रुद्राक्षका अन्धमुखी, मुखद्वार, ज्वाला, त्रिपाट पन्चमूखि अादि प्रकारहरु रहेका छन् । रुद्राक्षका यी प्रकारमध्ये पन्चमूखि चाईनिजहरुकाे राेजीमा रहेकाे जानकारहरु वताउँछन् । चाईनिजले पन्चमूखि भित्र पनि  चिल्लाे थेप्चाे दानालाई मात्र राेज्ने गरेकाे, उनीहरु अाफूहरुले राेजेजस्ताे रुद्राक्ष नपाएर गुनासाे लिएर फर्किने गरेकाेले अाफूहरुले त्याे मागलाई संवाेधन गरिरहेकाे उनीहरुकाे मत रहेकाे छ ।

यस्ता रुद्राक्षकाे बजारमूल्य प्रतिकेजी दुईहजार देखि ८/९ लाखसम्म हुने गरेकाे वताईन्छ ।