२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नेपाली भुमी मिचेर भारतको नक्सा बनाइएकोमा एनआरएनएको घोर आपत्ति

Author Uttari Morang
शुक्रबार, कार्तिक २२, २०७६
नेपाली भुमी मिचेर भारतको नक्सा बनाइएकोमा एनआरएनएको घोर आपत्ति

नेपाली भुमिलाइ मिचेर भारतले हालै सार्वजनिक गरेको  नयाँ राजनीतिक नक्साप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपत्ति प्रकट गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले प्रेस विज्ञप्ति निकाल्दै नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय नक्सामा समावेश गरिएकोमा विश्वभर छरिएर रहेका नेपालीहरुको तर्फबाट आपत्ति प्रकट गरिएको हो ।

जारी विज्ञप्तीमा दुई देशवीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु ऐतिहासिक दस्तावेज एवं प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट वार्ताद्वारा टुङ्गयाउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको कदमको निन्दा एबं भत्सर्ना गरिएको छ ।