२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

Author Uttari Morang
आइतबार, मंसिर २२, २०७६
एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ ।

स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् ।

उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र विमा रेफर गर्न सक्ने सम्मको सुविधा जरुरी भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । मेयर शाहले निकट भविष्यमा अति आवस्यकीय स्वास्थ्य सेवा दिन नगरपालिकाले ध्यान दिने वताए ।

साे अवसरमा पुर्व गा वि स अध्यक्ष समेत रहेका स्वास्थ्य चौकीका जग्गादाता उतम चाैलागाई र अर्का जग्गादाता युवराज चाैलागाईंलाइ  दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे।

त्यसैगरी भवन उद्घाटनकै अबसरमा विपि काेईराला स्वास्थ्य विज्ञानकाे प्राविधिक सहयाेगमा महिला स्वास्थ्य शिविर  गरिएको छ । वि पि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री राेग विषेषज्ञ डा . राेहित (पप्पु) रिजालकाे टाेलीले २ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो ।