२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

नोबेलमा एक सय ८० विद्यार्थीलाई स्वागत, झण्डै २ सय विद्यार्थीलाई विदाई

Author Uttari Morang
शुक्रबार, पुष ०४, २०७६
नोबेलमा एक सय ८० विद्यार्थीलाई स्वागत,  झण्डै २ सय विद्यार्थीलाई विदाई

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ ।

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका सातौं ब्याचका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको हो ।

पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा कार्यक्रम आयोजना गरी १ सय ८० जना नयाँ बिद्यार्थीलाई स्वागत र अध्ययन पुरा गरेका १ सय ७६ बिद्यार्थीलाई बिदाई गरिएका हुन् ।

सो अवसरमा नोबेल मेडिकल कलेजका शैक्षिक निर्देशक प्रोफेसर एजी सिंह, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल, सिटिईभीटीका कार्यक्रम निर्देशक कमल पराजुली, शैक्षिक विभागका सुरेन्द्र घिमिरे, विवेक निरौला लगायतले विद्यार्थीहरुलाई अबिरसहित खादा लगाएर स्वागत र मायाको चिनो प्रदान गरी विदाई गरेका छन् । सो अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।