२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

Author Uttari Morang
सोमबार, पुष ०७, २०७६
लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि  प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल  प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल तामाङ्गले जनाए । प्रतियोगिता स्थानिय प्रस्तावित बुद्ध रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक तथा चर्च व्वाईज फुटबल क्लव काठमाण्डौसहित आठ टिमले भाग लिनेछन् ।

नेपाल आईस वियर कम्पनी मुख्य प्रायोजक रहने प्रतियोगिताको सह-प्रायोजकमा अर्ना वियर र रमपम चाउचाउ रहने छन् । यसैगरी प्रतियोगितालाई लेटाङ नगरपालिकाका साथै स्थानिय संघसंस्था तथा लेटाङका व्यावसायीहरुको पनि सहयोग रहने आयोजक संंस्थाका अध्यक्ष उर्गेन तामाङ्गले बताए  ।

प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उप- विजेताले नगद रु ७५ हजार र ट्रफी र प्रमाणपत्र  प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ ।