२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

Author Uttari Morang
आइतबार, पुष २०, २०७६
बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ ।

प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए । उनलेे पर्यटन बर्ष २०२० मा लक्ष्य भन्दा वढी पर्यटकलाई भित्र्याउने दाबी गरे ।  पर्यटन नै नेपालको मुख्य आर्थिक मेरुदन्ड भएकोले प्रदेश सरकारले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको मन्त्री कुसियतले बताए ।

होमस्टे तथा वाह्य पर्यटकलाई भित्र्याउने खालका गतिविधि गर्न चाहेमा नित्रि क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्न प्रदेश सरकार तयार रहेको उनले बताए । उनले निजि क्षेत्रलाई आएका पर्यटकलाई आकर्षित हुने गतिविधिमा जोड दिन समेत आग्रह गरे । वन्त्री कुसियतले पर्यटकलाई उचित सत्कार गर्न समेत आग्रह गरे । प्रदेश १ मा पनि विश्वकै अग्लो सगरमाथा र नेपालकै होचो केचनाकवल जस्ता ठाउँहरु समेत रहेकाले सबै पक्षको सहकार्यले धेरै पर्यटक भित्र्याउने लक्ष पुरा हुने मन्त्री कुशियतले दाबी गरे  ।

उक्त कार्यक्रममा बेलबारी उद्याेग वाणिज्य सङ्घका अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, नेपाल पर्यटन वर्ष २०२० का प्रदेशस्तरी प्रचार प्रसार संयाेजक पुन्य भट्टराई, ड्रिमल्याण्ड फनपार्कका संचालक विजय सुवेदी, बेलबारी, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रदिप शाह, ११ वटै वाडा सरकारका प्रमुखहरु, राजनैतिक पार्टी तथा सङ्घसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा नगरपालिकाले घाेषणा गरेकाे प्रथम जाति धिमाल लगायत अन्य जातिहरुकाे सांस्किति झल्किने विभिन्न प्रस्तुति गरिएका रहेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय प्रचार प्रसार समिति संयाेजक पुण्य भट्टराईकाे अध्यक्षतामा सम्मन्न कार्यक्रमकाे संचालन भने सङ्गितकर्मी जेवि थुलुङकाे रहेकाे थियाे ।