२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा माघ २५ देखि शुरु हुनेभो हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

Author Uttari Morang
शुक्रबार, माघ १७, २०७६
बेलबारीमा माघ २५ देखि शुरु हुनेभो हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गर्ने भएको छ ।
मोरङ जिल्लामा विरामीहरुको सख्या नघटेकोले विगत ९ बर्षदेेखि  औसधि खुवाउदै आएको मन्त्रालयले यो वर्ष पनि खुवाउने तयारीमा नगरपालिका जुटेको नगरपालिकाका हेल्थ असिस्टेन सन्तोष विश्वकर्माले बताए ।औषधि खुवाउनका लागि नगरपालिकाका ३५ जना महिला स्वंमसेविका तथा ७५ जना स्वास्थयकर्मीहरु खटाईने उनले बताए ।
२ वर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरी, सिकिस्त विरामी र अन्य रोगको औषधी सेवन गरिरहेका बिरामीले समेत हात्तीपाइले रोगको औषधी सेवन गर्न नहुने स्वास्थयकर्मीहरुले बताएका छन् ।

बेलबारी नगरपालिकाले पालिका स्तरी अन्तरक्रिर्या कार्यक्रम समेत गरेको छ । नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षाकर्मी,स्वास्थयकर्मी, संचारकर्मी, संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिर्या कार्यक्रम लाई सम्बोधन गर्दै उपमेयर पराजुलीले औषधि खान सवैलाई आव्हान समेत गरेकी छिन् ।
क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो ।