२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा

Author Uttari Morang
मंगलबार, फाल्गुण ०६, २०७६
नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा

कृषकहरुमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ बेलबारी नगरपालिकाले च्याउको विउ सहित तालिम दिएपछि धेरैले ब्याबसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् ।

नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको विउ दिएपछि खेति गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताईन् । थोरै जग्गा र लगानिमा राम्रो आमदानि गर्न सकिदो उनले भनिन मेहनत पनि धेरै गर्नु नपर्ने । अन्य खेतीजस्तो धेरै दुःख गर्नु नपर्ने भएपछि यसको आकर्षण समेत बढ्दै जना थालेको हो ।
यस्तै बेलबारी २का कृषन मेनेम्बो लिम्बुले समेत पहिलो पटक नगरपालिकाले दिएको तालिम लिएर च्याउ खेति सुरु गरेका छन् । १सय पोका च्याको विउ लगेर अहिले घर छेउमै कटेरो बनाएर उनले च्याउको खेति गरेका हुन । २ लाख मुल्य बरावरको करिव डेढ सय परिवारलाई तालिम सहित विउ वितरण गरेको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए । दाहालका अनुसार सुत्ने कोठामा समेत अहिले कृषकहरुले च्याउका पोका झुन्ड्याएका छन् ।
कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि विउ विजन तथा आधुनिक खेतिका लागि औजारहरु वितरण गर्ने गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । सुवेदिले ब्याबसायिक खेति गर्नेलाई नगरपालिकाले प्रोतसाहन गर्ने समेत बताए । तालिम विउ बिजन तथा सिचाइका लागि समेत नगरपालिकाले सहयोग गर्ने उनले बताए ।