गाउँ/समाज
जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु
Uttari Morang
शुक्रबार, फाल्गुण ०९, २०७६
मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।
गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो ।
बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको मृत्यु भएको स्थानीयबासीलेे बताए । कोही चिच्याएको आवाज सुनेपछि नजिकै गएर हेेेर्दा गाउँलेहरुले घटना थाहा पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेेेका थिए ।






