२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी

Author Uttari Morang
शुक्रबार, फाल्गुण १६, २०७६
पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी

मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय मानिने पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म तिनदिने बृहत विज्ञान प्रर्दशनी हुने भएको छ ।

विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ गर्ने विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे जानकारी दिइएको छ ।

२०३६ सालमा स्थापित यो सामुदायिक बिद्यालय विज्ञान संकायमा उत्कृष्ट हुदै प्रदेश १ कै एउटा नमुना विद्यालयको रुपमा स्थापित हुन  सफल भएको छ । हाल यस बिद्यालयमा पुर्वी नेपालको कुना कन्दराबाट विज्ञान संकायमा पढ्न आउनेको संख्या ५ सय भन्दा बढि रहेको विद्यायलयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिए ।

तिनदिने बृहत विज्ञान प्रर्दशनीमा १ नम्वर प्रदेशका सवै विद्यालयहरुको सहभागिता रहने र  पुर्व बिध्यार्थीहरुको भेला पनि आयोजना गरिएकोले सबै पुर्व विद्यार्थीहरुले सहभागीता जनाउन  बिद्यालयले आग्रह गरेको छ ।

तेनदिने बृहत विज्ञान प्रर्दशनी, वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेबाट हुने भएको छ । कार्यक्रममा विद्यालयका प्रतिवेदन प्रस्तुत, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाइ, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल ब्याग, पोशाक र स्टेशनरी वितरण, विविध सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी हुनेछन्  ।

विज्ञान प्रर्दशनीमा कुल ४६ वटा स्टल रहने र त्यसमध्ये ३६ ओटा स्टल आयोजक विद्यालयका बिध्यार्थीले घरायसी सामानको प्रयोगबाट बनाएका रोवट, काटुनको उड्ने प्लेन, ड्रोन, अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, स्र्माट फोन कन्ट्रोल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, वोटानिकल गार्डेन, ग्रिन हाउसको अवलोकन गर्न पाउने तथा सिभिल इन्जीनियरीङका बिध्यार्थीले तयार पारेको वडा नम्वर १ को मोडल र पञ्चायत माविको मोडलको प्रर्दशनी गरिने विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।

पुर्व विद्यार्थी समाज गठन 

सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेटेर “पूर्व विद्यार्थी समाज” गठन भएको  छ ।

भिम कुमार राईको अध्यक्षमा ११ सदसिय समिति गठन भएको हो । समाजको सचिवमा सन्तोष ढुङगेल र कोषाध्यक्षमा दिनेश पौडेल छन् । सदस्यहरुमा गोपाल काफ्ले, नैना राई, संजिव गिरी, सरदचन्द्र दाहाल, विरेन साम्बा, भिस्म न्यौपाने, लिला निरौला र देवमाया कठायत (थापा) रहेका छन् ।

त्यसैगरी समाजको प्रमुख सल्लाकारमा शैक्षिक अभियन्ता प्रदिप कुमार राई रहेका छन् । सो समितिले प्रत्येक बडा दशैको अवसमा सवै पूर्व विद्यार्थीहरुलाई समेटेर बिद्यालय र पुर्व बिध्यार्थी बिच भेटघाट, छलफल र सर-सहयोग गर्दै अगाडी बढ्ने अध्यक्ष भिम राईले बताए ।