२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

कमलको उपचारका लागि रेडियो सुसेली र बेलबारीका दुई स्कुलबाट जुट्यो १६ हजार

Author Uttari Morang
आइतबार, फाल्गुण १८, २०७६
कमलको उपचारका लागि रेडियो सुसेली र बेलबारीका दुई स्कुलबाट जुट्यो १६  हजार

व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि सुन्दरहरैंचा १० बिराटचोकमा रहेको रेडियो सुसेली १०६.३ मेगाहर्ज परिवारले १० हजार सहयोग गरेको छ ।

एकता मिडिया प्रा.लि. तथा रेडियो सुसेलीका उपाध्यक्ष नवराज चापागाई तथा रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले कर्मचारी तथा संचालक समितिको तर्फबाट ‘कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ’ लाइ आइतबार एकमुस्ट १० हजार १ सय १० रुपैँया सहयोग हस्तान्तरण गरेका छन्  ।

त्यसैगरी जै बेलबारबारी १ मा रहेकाे सगरमाथा ई स्कुल र बेलबारी २ मा रहेकाे कविर माविले पनि पत्रकार पाैडेलकाे उपचारका लागि क्रमशः ५ हजार र १ हजार पाँचसय उपलव्ध गराएका छन् ।

पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउने अभिप्रायका साथ बिहिवार मात्र बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुको बेलबारीमा बसेको भेलाले पत्रकार केशु विरहीको संयोजकत्वमा “पत्रकार कमल पौडेल सहयोग समिति उत्तरी माेरङ“को गठन गरिएको थियो ।

उत्तरी मोरङका २० जना पत्रकारहरुले ब्यक्तिगत रूपमा पाँच सयको दरले १० हजार जुटाइसकेका छन्  ।
पौडेल नेपाल समाचार पत्र दैनिक हुँदै मकालु टेलिभिजनमा समाचार प्रमुखकको रुपमा कार्यरत भएकै बेलामा व्लडक्यान्सरबाट ग्रसित भएर हाल काठमाडौमा रहेको सिभिल अस्पतालमा भर्ना भएका छन् ।