२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा 

Author Uttari Morang
शुक्रबार, फाल्गुण ३०, २०७६
खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा 

उत्तम पोख्रेल/ दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरशभा सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण समन्धी ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरशभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने वाटो समेत खुलेको छ । त्यस्तै सार्वजनिक जग्गाहरुको संरक्ष्ण सम्बर्धन तथा प्रबर्धन गर्ने समेत वाटो खुलेको छ ।

नगरसभाले कोल्ड स्टोर, आईसिटी सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको बिशेष कार्यक्रम, कृषि कार्यक्रम, कृषि मार्ग निर्माण, सामुदायिक भवन, हुलाकी मार्ग, मुल नहर कालोपत्रे, जनमार्ग, पृथ्वी मार्ग, वडा नम्बर ४ र ५ जोडने सडक निर्माण आदिका लागि बजेट ब्यबस्थापन गरिदिन प्रदेश तथा सघिय सरकारसँग माग गर्ने निर्णय गरेको मेयर सुवेदीले बताए । नगरसभामा हालसम्म गरीएका कामहरुको समेत समिक्षा गरीएको छ । जनप्रतिनिधि र कर्मचारी बाहेक नगरसभामा कसैलाई पनि बोलाइएको थिएन ।

नगरसभामार्फत बैशाख महिनाभित्र बिकास निर्माणका काम सक्न मेयर सुवेदीले अन्य जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्  । गत असारमा भएको चौथो नगरसभाले बैशाख महिनाभित्र बिकास निर्माणका काम सक्ने निर्णय गरेको थियो ।

यस्तै नगरसभाले फाहोरमैला ब्यबस्थापन र बिधुत उत्पादनका लागि लिभ्रा टेक्नोलोजी कम्पनीसँँग गरीएको सम्झौताको अनुमोदन   गरेको छ । केहि दिन अघि मोरङका बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले ३ वटा योजनाका लागि एकै पटक सम्झौता गरेका थिए । जसमा सोलार प्यानलबाट ६ वटा स्थानियतहले एक स्थानियतहमा १० मेघावाट बिजुली उत्पादन गर्ने गरी सम्झौता  गरिसकेका छन् । ६ वटै स्थानियतमा एसियाली बिकास वैक एडिविको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता भइसकेको छ ।