२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण

Author Uttari Morang
बिहिबार, चैत्र २०, २०७६
श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण

श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ । 

बेलबारी १ का निम्न आर्थिक अवस्था भएका  परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ ।

प्रतिपरिवारलाई जनही १५ के जि चामल, एक पोका तेल, एक लिटर  चनामटर बितरण गरिएको छ ।

उनीहरूलाइ २ वटा साबुन र माक्स बितरण गरिनुका साथै साबुन र  सेनेटाइजरबाट हात धुन समेेत सिकाइएको थापाले बताइन् ।