२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले

Author Uttari Morang
मंगलबार, चैत्र २५, २०७६
२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ ।

आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा १७ सयभन्दा बढी  परिवारलाई राहत वितरण गरेको नगरपालिकाले मंगलबार १२ सय २९ परिवारलाई घर घरमा पुगी राहत बितरण गरेको नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।

उनका अनुुसार बेलबारी  नगरपालिकाले आइतबार र मंगलबार गरी २९ सय ९१ परिवारलाइ राहत बितरण गरिसकेको छ । बुधबार वडा नम्बर ८ र १ मा राहत बितरण गर्ने कार्यक्रम रहेको बेलनारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।

टाेल विकास संस्था मार्फत राहत बितरण पाउनेहरुको नामावली छनाैट गरिएकाे र सम्बन्धित पक्षहरूसँग बसेर छलफल समेत गरी  राहत पाउनेहरुको अन्तिम नामावली तयार गरिएकोले राहत बितरणमा एकरुपता  भएको नगरपालिका उपप्रमुख पराजुलीले जानकारी दिइन् ।