२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

सुनसरीमा वडाध्यक्षको मृत्यु, लकडाउनकै अवधिमा इटहरीले गुमायो दुई जनप्रतिनिधि

Author Uttari Morang
शुक्रबार, बैशाख ०५, २०७७
सुनसरीमा वडाध्यक्षको मृत्यु, लकडाउनकै अवधिमा इटहरीले गुमायो दुई जनप्रतिनिधि

इटहरी उपमहानगरपालिकाले लक डाउनकै अविधमा दुईजना जनप्रतिनिधि गुमाएको छ ।

वडा नम्वर १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती ५५ बर्षको उमेरमा निधन भएको छ । उहाँ लामो सयम देखि उपचारारत हुनुहुन्थ्यो । गएराती स्वास्थ्यमा थप जटिलता देखिएपछि नोवेल मेडिकल कलेज विराटनगर पुरयाउदा चिकित्सकले मृत घोषित गरेका हुन । उहाँको वुढिगंगा जमुना मुक्ति घाट इटहरीमा अन्तिम संस्कार गरिएको छ ।

यसअघि वडा नम्वर १० की दलित महिला सदस्य दुलारी ऋषिदेवको गत चैत २१ निधन भएको हो ।

यसैबिच इटहरी उपमहानगर नगर कार्यपालिकाको आकस्मिक वैठकले उहाँहरुको असामयिक निधनले उपमहानगर मर्माहत र स्तब्ध भएको जनाउदै शोक प्रस्ताव पारित गरेको छ । उहाँहरुको निधनले उपमहानगरलाई अपूरणीय क्षति भएको उपमहानगरले जारी गरेको शोक वक्तब्यमा उल्लेख गरिएको छ ।

उपमहानगरले वडाध्यक्ष चौधरी र वडा सदस्य ऋषिदेव प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहीरो समवेदना ब्यक्त गरेको छ । उहाँहरुको निधनमा शोक जनाउदै आज १ दिन उपमहानगरमा राष्ट्रिय झण्डा आधा झुकाउने र आज एक दिन उपमहानगर र वडाकार्यालयहरुमा शोक विदा दिने निर्णय गरिएको छ ।