२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङको क्षेत्र नं.३ का बिपन्नलाई निःशुल्क र अरुलाइ आधा छुटमा एम्बुलेन्स सेवा दिंँदै नोबेल 

Author Uttari Morang
सोमबार, बैशाख ०८, २०७७
मोरङको क्षेत्र नं.३ का बिपन्नलाई निःशुल्क र अरुलाइ आधा छुटमा एम्बुलेन्स सेवा दिंँदै नोबेल 

नोबेल अस्पताल बिराटनगरका सञ्चालक तथा काँग्रेस नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

आफ्नो फेसबुक पेज मार्फत शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।

आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, बिपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागिएको डा. शर्माले जानकारी दिए । ‘पैसा नहुँने गरिब, बिपन्न र सुकुम्बासीहरुलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो ।’ डा.शर्माले भने ‘स्थानीय प्रतिनिधिहरुको सिफासिरमा बिपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’

बिपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउने सो क्षेत्रका अन्य बिरामीहरुले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिसत छुट पाउँनेछन् । क्षेत्र नं.२ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराईने छ । कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएपछि सो क्षेत्रका बिरामीहरुलाई राहत मिल्ने भएको छ ।