२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

भाउन्ने, बाहुनी, साेमबारे, कसेनी लगायतका ग्रामीण बजारहरुमा बेलबारी नपाको अनुगमन

Author Uttari Morang
सोमबार, बैशाख ०८, २०७७
भाउन्ने, बाहुनी, साेमबारे, कसेनी लगायतका ग्रामीण बजारहरुमा बेलबारी नपाको अनुगमन

केशु विरही, बेलबारी, माेरङ / लकडाउनकाे अाडमा व्यापारीहरुले कृतिम अभावकाे सिर्जना गरेर आफूखुसी मूल्य लिएकाे जनगुनासाे आएसँगै बेलबारी नगरपालिकाले अनुगमनलाई कडाई गरिरहेकाे छ ।

पछिल्लाे समय दिनहुंँजसाे बेलबारी नगरपालिकामा अनुगमन भैरहेकाे छ । नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले बेलबारीका विभिन्न स्थानकाे अनुगमन गरेकाे थियाे ।

यसपटक अनुगमन समितिले मूख्य बजारभन्दा केही टाढा रहेका भाउन्ने, बाहुनी, साेमबारे तथा कसेनी लगायतका क्षेत्रका पसलहरुमा केन्द्रित रहेकाे थियाे ।

अनुगमन समितिले अनुगमन गर्ने क्रममा नेपाल सरकारले अनुदान समेत दिएर रु २० मा विक्री गर्नु पर्ने आयाेनुन समेत रु २५ मा र ९५ रुपैया ताेकेकाे खाने तेल १०० भन्दा वढीमा निर्वाध रुपमा विक्री वितरण भैरहेकाे भेटिएको छ । अनुदान दिएकाे, प्रष्ठ रुपमा मूल्य रु २० लेखिएकाे सामग्रीकाे यसरी मूल्य बढाएर बेच्न पाईन्छ र भन्दा आफूहरुले नै महङ्गाे दाम हालेकाेले यसरी बेच्नु परेकाे उनीहरुकाे तर्क रहेकाे थियाे ।

साथै अधिकांक्ष पसलमा साईनबाेर्ड तथा सामग्रीकाे मूल्य सूचि समेत नभएकाे, अर्थात साईनबाेर्ड र मूल्य सूचिकाे आवश्यता नै नवुझेकाे पाईएकाे अनुगमनका क्रममा फेला परेकाे थियाे ।

केही व्यपारीले त ९५ रुपैया ताेकेकाे खाने तेल १०० भन्दा वढीमा विक्री गरेकाे समेत पाईएकाे थियाे ।

व्यपारीले भने अाफूहरुले नै महङ्गाे दाम हालेकाेले केही महङ्गाे भएकाे प्रतिकृया दिएका छन् । केहीले भने ठूलाठूला हाेलसेल व्यपारीलाई कडाई गर्ने हाे भने बजारभाउ नियन्त्रणमा अाउने बताएका छन् ।

बाहिर बजारमा हल्ला भएजस्ताे कालाबजारी नभए पनि केही पसलहरुले गुड्काजन्य सामनकाे त सामन्य बजार मूल्यभन्दा दाेब्बरभन्दा बढी मूल्य लिने गरेकाे समेत पाईएकाेले उनीहरुलाई पहिलाे पटकका लागि सचेत गराएर सुध्रिने सर्तमा छाडिएकाे अनुगमनकाे नेतृत्व गरिरहेकी बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिईन् ।

नगरस्तरीय उपभाेक्ता हित संरक्षण समिति तथा नगरस्तरीय अनुगमन समितिका संयाेजक समेत रहेकी पराजुलीले यस्ताे विषम परिस्थितीमा व्यापारीहरुलाई क्षणिक नाफा कमाउनेभन्दा पनि मानवीय रुपमा व्यवहार गर्न अाग्रह गरीन । उनले नगरवासीलाई अत्यावश्यक सामग्रीकाे अभाव हुन नदिन नगरपालिका लागिरहेकाे पनि बताईन ।

नगरपालिकाले यसरी गरेकाे अनुगमनलाई स्थानीयले भने सकारात्मक रुपमा लिदै यसलाई नियमित रुपमा गर्नु पर्ने बताएका छन् ।

सबैकाे सहयाेगले मात्र कुनै पनि अप्ठ्याराे परिस्थितिकाे सामना गर्न सकिने हुँदा यस्ताे विषम परिस्थितिकाे कसैले पनि फाईदा उठाउन खाेज्नु राम्राे हाेईन । नगरपालिकाले पनि नियमित रुपमा अनुगमन गर्नु आवश्यक देखिन्छ ।