२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

लकडाउनको समयमा बढ्न थाल्यो घरेलु मदिराको अबैध कारोवार, बेलबारी प्रहरीले थाल्यो अप्रेसन

Author Uttari Morang
आइतबार, जेठ १८, २०७७
लकडाउनको समयमा बढ्न थाल्यो घरेलु मदिराको अबैध कारोवार, बेलबारी प्रहरीले थाल्यो अप्रेसन
 लकडाउनको मौका छोपेर अवैधरुपमा घरेलु मदिरा ओसारपसार तथा व्यापार गर्ने क्रम बढेपछि प्रहरीले अप्रेशन थालेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले लकडाउनको समयमा घरेलु मदिराको अबैध कारोवार वढेको स्थानीयको जनगुनासो बढेपछि प्रहरीले अप्रेसन थालेको हो ।सडक खन्डको प्रयोग गरेर ओसार पसार गर्ने गरेको भन्ने सूुचना पाए पछि भारत तथा विराटनगरसँग सिधै जोडिने सडकको निगरानी बढाएको इलाका प्रहरी कार्यालय बेलबारीलका प्रमुख प्रहरी निरिक्षक (इनिष्पेक्टर) ऋषि राज ढकालले बताए । उनले लकडाउनकै समयमा अवैध घरेलुमदिरा ओसार पसार गर्नेबाट ४ लाख बढी राजश्व समेत सकलन भएको बताए ।

आइतवार मात्रै ७ सय ५० लिटर रक्सी र २ सय २० किलो मर्चा इलाका प्रहरी कार्यालय बेलबारीले नष्ट गरेको छ ।  निरिक्षक ढकालका अनुसार  बेलबारी नगरपालिका वडा नम्बर ४ को यलम्वर चोकछेउमा लुकाइ राखिएको उक्त रक्सी र मर्चा बरामद गरेर नष्ट गरेको हो ।

प्रहरीका अनुसार मोरङका विभिन्न स्थानवाट भित्रि सडकको प्रयोग गरेर भारतको जोगवनीसम्म पुर्याएर रक्सी बेच्ने गरेका छन् ।