२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

एक सहकारीले गराइदियो धनकुटाका झण्डै तीन दर्जन पत्रकारको कोरोना बिमा

Author Uttari Morang
सोमबार, जेठ १९, २०७७
एक सहकारीले गराइदियो धनकुटाका झण्डै तीन दर्जन पत्रकारको कोरोना बिमा

ईश्वर थापा, धनकुटा । धनकुटाका क्रियाशील ३३ जना पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जनज्वोती बचत तथा ऋण सहकारी संस्थाले पत्रकारको कोरोना बिमा गरि दिएको हो । सहकारीले कोरोना महामारीका बेला जिल्ला अग्रपङ्तिमा रहेर काम गरिरहेका धनकुटाका पत्रकारको कोरोना बिमा गरेको हो ।

जिल्लाका ३३ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएका पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।  बिमाका कारण अग्रपङ्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए ।

शनिबार बिमालेख हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष विकास घिमिरेले महामारीका बेला स्वास्थ्य, सुरक्षा र सञ्चार अग्रपङ्तिमा रहेर खटिएको तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेकोले अग्रपङ्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बिमा गरेको बताए । सहकारीका अध्यक्ष घिमिरे धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत हुन् ।