२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

धनकुटाको एक सहकारी, जसले ऋणीहरुलाइ दियो ५० प्रतिशतसम्म ब्याज छुट

Author Uttari Morang
बिहिबार, आषाढ ०४, २०७७
धनकुटाको एक सहकारी, जसले ऋणीहरुलाइ दियो ५० प्रतिशतसम्म ब्याज छुट

ऋण लिएर व्यावासय संचालन गर्नु भएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाले ऋणको व्याजमा पचास प्रतिसतसम्म छुट दिएको  छ ।

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षमा सम्पन्न भएको बोर्डको बैठकले ऋण लिएर विगत तिन बर्ष वा सो भन्दा माथिदेखि ऋण बुझाउन बाकी रहेका ऋणहरुलाई पचास प्रतिशत ब्याजमा छुट र दुई बर्षदेखी हालसम्म ऋण बुझाउन बांँकी ऋणहरुलाई १५ प्रतिशत व्याजमा असार मसान्त सम्म सावा ब्याज बुझाएमा छुट दिने निर्णय गरेको सहकारी संस्थाका सविच विजय सन्तोषी राईले वताए ।

कोरोना भाईरस दिन प्रतिदिन धनकुटामा पनि फैलदै गएकोले साथी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको र बोर्डका पदाधिकारी तथा सदस्यहरुको कोरोना बिमा सहकारीको तर्फबाट गरिदिने निर्णय भएको कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।

दैनिक बचत कार्यक्रम अव नियमित रुपमा अभियानका रुपमा संचालन गर्ने कार्यकारी सदस्य कुमार श्रेष्ठले वताउनु भयो ।
ऋण असुली कार्यलाई व्यापक रुपमा संचालन गर्न घर दैलो कार्यक्रम संचालन गर्ने कार्यकारी सदस्य कुसुम श्रेष्ठ जोशीले वताईन् ।

कोरोना भाईरसका कारण सहकारीहरुलाई पनि ठूलो आर्थिक संकट भएकोले नया नया निति तथा कार्यक्रमहरु संचालन गर्ने कार्यकारी सदस्य सावित्री श्रेष्ठले वताइन् ।