२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

Author Uttari Morang
सोमबार, आषाढ २९, २०७७
ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति ‘कट्टु’ सार्वजनिक गरेकाे छ ।

बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले साहित्य, कला र संस्कृतिकाे विकासमा नगरपालिका सधैँ लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख सुवेदीले बेलबारी नगरपालिकाले यसै वर्षदेखि बेलबारी प्रज्ञा प्रतिष्ठान खाेल्ने घाेषणा समेत गरे ।

विमिचित कृतिकाे बारेमा साहित्यकार एज एम तामाङले टिप्पणी गरेका थिए । कार्यक्रममा उपप्रमुख ढाकाकुमारी पराजुली “तारा”ले शुभकामना मन्तव्य राखेकी थिईन् ।