२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता

Author Uttari Morang
बुधबार, आषाढ ३१, २०७७
बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता

इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ ।

प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो ।

प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख ऋषिराज ढकालका अनुसार बेलबारी ७ मा फेला परेको मोटरसाइकल मे ६ प १७२२ नं. को डिस्कभर हो ।

असार २९ गते सोमबारका दिन बेलबारी वाड नं. १ स्थित सिनेमा हल लाईन नजिकै रहेको सोमबारे सब्जी हटिया एरियाबाट पत्रकार तथा ब्यबशायी अम्बिका भण्डारीको सो मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल हराए लगत्तै भण्डारीले इलाका हराएको बाइक खोजीका लागि निवेदन दिएका थिए । प्रहरीले बुधबार नै भण्डारीलाई सो मोटरसाइकल हस्तान्तरण गरेको छ ।

असार २९ गते सोमबार काममा व्यस्त भएको बेला  बेलबारी वाड नं. १ स्थित फिल्म हल लाईन एरियामा राखेको ठाउँबाटै सो मोटरसाइकल हराएको थियो ।  ।

त्यसैगरी सुन्दरहरैचाको बिराटचौक एरियामा को ९ प ४६९३ नम्बरको होन्डा साइन निलो मोटरसाइकल पनि फेला परेको छ ।

बेवारिसे अवस्थामा फेला परेको सो मोटरसाइकल पनि गस्तीको क्रममा भेेेेेटिएको ढकालले बताए । सो मोटरसाइकल बेलबारी २ निवासी भोला गौतमको भएको सूचना प्राप्त भएको छ । गौतमको सो मोटरसाइकल बिराटचोकस्थित मितेरी बैंक अगाडिबाट ६ महिना अघि हराएको थियो ।