२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार

Author Uttari Morang
शुक्रबार, साउन २३, २०७७
बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार

बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा  आर्थिक सहयोग गरेका छन ।

आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्  । अन्य खर्च गरेर जन्मोत्सव मनाउनुको सट्टा बिरामीलाई आर्थिक सहयोग गर्दा बिरामीको उपचारमा केही हदसम्म राहत हुने महसुस गर्दै आफुले आर्थिक सहयोग गरेको सुवेदीले बताए  ।

त्यस्तै मिलिजुली टोलका युवा राजन सुबेदीले पनि आफ्नो अगुवाईमा मृगौला पिडितको लागि आर्थिक सहयोग जुटाएका छन ।

उनले आफ्नो अगुवाइमा स्थानियहरुको सहयोगले ४६ हजार ४ सय रुपैया सन्कलन गरेका छन । मृगौला पिडित परियारको घरको आर्थिक समस्यालाई बुझेर उनको उपचारका निमित्त चाहिने आर्थिक रकम जुटाउदै आएको उनी बताउंँछन । सबैले थोरै भएपनि आर्थिक सहयोग गरी पिडितको उपचारमा सहयोग गर्न सुवेदीले अपिल गरेका छन् ।

राम राना परियार बिगत केही समय अगाडि देखि मृगौला खराबीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् । उनको सानो परिवार कोठा भाडामा लिइ बस्दै आएका छन् ।

केही वर्ष अगाडि पिडितको छोरीको पनि आर्थिक अवस्थाकै कारणले अल्पायुमै निधन भएको थियो । उनको एउटा मृगौला पुर्ण रुपमा खराब भइ सकेको र खराब भइसकेको मृगौला अप्रेसन गरि फाल्नु पर्ने भएको तथा  अर्को मृगौलामा पनि ५० प्रतिशत खराबी रहेको परिवारले बताएका छन् ।

डाइलासिस गरि जोगाउन सकिने डाक्टरले सुझाएको हुदा आफूलाई आर्थिक समस्याले पिरोलेको उनी बताउँछन । आफुलाई आर्थिक सहयोग गरेर साथ सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।