२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

धनकुटाका स्वास्थ्य संस्थाहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दियो सुरक्षित स्वास्थ्य सामग्री 

Author Uttari Morang
आइतबार, भाद्र २१, २०७७
धनकुटाका स्वास्थ्य संस्थाहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दियो सुरक्षित स्वास्थ्य सामग्री 

कारोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई निजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित स्वास्थ्य समाग्री वितरण गरेको छ ।
कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटालाई एक सेट पिपिई,चार थान फ्रेस शिल, माक्स, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल हस्पिटल धनकुटालाई फेस शिल र माक्स लगायत सुरक्षित समाग्रीहरु प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, डिजेश शाक्य, लिजा श्रेष्ठ, अम्बिका धमला, सदस्य विपिन थापा लगायतले कोशी अञ्चल आयुर्वेद औषाधलयका डा. उपमेश महतो, जन भावना होमियो प्याथिक हस्पिटल धनकुटाका डाक्टर खगेन्द्र कटुवाल र हलेसी डेण्टल हस्पिटलका संचालक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित स्वास्थ्य समाग्रहरु प्रदान गरेका छन् ।     जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेसी डेण्टल हस्पिटलाई यस अघि पनि पिपिई र सुरक्षित समाग्रीहरु  प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।