२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला

Author Uttari Morang
शुक्रबार, कार्तिक २८, २०७७
कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला

बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् ।           शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए ।
बेलबारी नगरभित्र रहेका ११ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा गुरुकुल पाठशालाकी रोजिना बस्नेत दोस्रो, सनसाइन स्टारकी अर्चना भण्डारी तेस्रो र कृष्टल पब्लिक स्कुल सान्त्वना भयो ।                        बिजेताहरुलाई मेडल, ट्रफि, प्रमाणपत्रको साथै क्रमशः २५ सय, १५ सय, १ हजार र ५ सय नगद प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई प्रदान गरिएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिए ।