गाउँ/समाज
बेलवारी जेसिजको नयाँ समिति गठन, अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी चयन
Uttari Morang
बिहिबार, पुष १६, २०७७
बेलवारी जेसिजको बर्ष २०२१ का लागि अध्यक्ष पदमा राजेन्द्र बहादुर अधिकारी चयन भएका छन । बुधबार बेलबारी २ शिक्षा सन्देस इङ्लिस स्कुलको सभाहलमा संपन्न चौथो शाखा अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यकारीणी उपाध्यक्षमा कोषराज श्रेष्ठ(बाबुराम), सनम पोख्रेल(सन्तोष), उपाध्यक्ष पदका लागी बिजय तोलाङ्गी ,जनम नेपाल, दिल बहादुर श्रेष्ठ(सुमन), रोसन परियार र सचिब पदमा नवराज सिंह खड्का सर्वसहमत रुपमा निर्वाचित भएका छन ।






