२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु

Author Uttari Morang
मंगलबार, माघ १३, २०७७
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु

एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका  परिवार लाभान्वित भएका छन् ।

एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले सीप सिकेका हुन् ।

तालिमबाट सिकेर उत्पादन गरेका सम्पूर्ण सामग्रीहरु मानव अधिकारका लागि महिला एकल महिला समुह धनकुटाले खरिद गरी विक्री गरीदिने आयोजक मानव अधिकारका लागि महिला एकल महिला समुहकी अध्यक्ष मिना कुमारी राईले वताइन् ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले तालिमबाट सिकेको शिपले एकल महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन धनकुटा नगरपालिकाकाले सहयोग गर्ने वताए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले एकल महिलाहरुले उत्पादन गरेको सामाग्रीहरुको वजारीकरण गर्न र एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन धनकुटा उद्योग बाणिज्य संघले पनि सहयोग गर्ने वताए।

तालिम ज्यादै उपयोगी प्रभावकारी भएको र यसले धनकुटाका एकल महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने तालिमका सहभागीहरुले वताएका छन् ।