२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

कांग्रेसका भातृ संगठनहरुले कालो ड्रेससहित धनकुटामा गरे र्याली र प्रदर्शन

Author Uttari Morang
सोमबार, माघ १९, २०७७
कांग्रेसका भातृ संगठनहरुले कालो ड्रेससहित धनकुटामा गरे र्याली र प्रदर्शन

अंसवैधानिक सरकारी कदमको विरुद्ध धनकुटामा नेपाली कांग्रेसका भातृ संस्थाहरुले मोटरसाईकल ¥याली, प्रर्दशन र फ्लाय मुव प्रर्दशन गरेका छन् ।

धनकुटा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको मोटर साईकल ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी धनकटा बसर्पाकमा पुगी सभामा परिणत भएको थियो । सो अवसरमा नेविसंघ धनकुटाले फ्यास मुव समेत प्रर्दशन गरेको थियो ।

नेपाल महिला संघ धनकुटाका अध्यक्ष तथा प्रदेश सभा सांसद लिला सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष तथा तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ का १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेविसंघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, आदिवासी जनजाती संघ धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान, नेपाल महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्बिका धमला लगायतले लोकतन्त्र र संविधान माथि प्रहार भैरहेकोले अव सवै आन्दोलनमा उत्रिनु पर्ने वताए ।

सो अबसरमा प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तथा जनविरोधी कार्यको वारेमा नेपाल विद्यार्थी संघ धनकुटाले कालो डेस लगाएर आर्कषक ढंगबाट फ्लास मुव प्रर्दशन गरेको थियो ।