२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

Author Uttari Morang
बुधबार, फाल्गुण ०५, २०७७
वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ ।

भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो बेलबारीमा सकुमवासी समस्या समाधान आयोगको कार्यालय समेत स्थापना गरेको छ ।

वडा वडामा गएर लगत संकलन गराउन नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण समेत गराइसकेको छ ।

नगर प्रमुख ज्ञानेन्द्र सवेदीले बेलबारी जहिले पनि पहिलो हुने गरेको र जग्गा धनीपुर्जा बितरण गर्ने काममा समेत बेलबारी पहिलो हुने बताए । अहिलेसम्म कुनै पनि काममा बेलबारी दोस्रो नभएको दाबी गर्दै नगर प्रमुख सुबेदीले जनताको हितका लागि अब पनि पहिलो हुने बताए ।

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वडा वडामा गएर लगत संकलन गर्नु अगाडि नगरपालिकाले गरेको अभिमुखीकरण कार्यक्रममा आयोगका प्रदेश १ का संयोजक गोपाल गुरागाईं पनि उपस्थित थिए । उनले पनि बेलबारीबाट नै शुरुमा पुर्जा बितरण गर्ने लक्ष्य लिएकोले सोहि अनुसार काम हुनेमा आफु बिस्वस्त रहेको बताए । आयोगका जिल्ला अध्यक्ष डिपि राईले स्थानियतहका जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

 तथ्यांक संकलनको काम शुरु           बेलबारीमा भुमिहिन दलित भुमिहिन सकुम्वासि र अब्यबस्थित बसोबास बिबरण तथ्याक संकलकको इकाई कार्यालयको उद्घाटन गरीएको छ । एक कार्यक्रमका विच नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गरेका हुन्  । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले बुधबारदेखि  टोल टोलमा गएर तथ्याक संकलन गर्न कर्मचारीहरु आउने भएकाले सहि बिबरण टिपाउन आग्रह गरेका छन्  ।  यस कार्यमा सहयोग गर्न नगरपालिकाले जनप्रतिनिधि, राजनितक दल, संघसंस्था तथा कर्मचारीहरुलाई आग्रह समेत गरेको छ ।

फारम भर्दा घरमूली र श्रीमान् वा श्रीमती दुवै जनाको हालसालै खिचिएको फोटो, परिवारको सबै सदस्यहरूको नागरिकता, नाबालक भएमा जन्मदर्ताको प्रमाणपत्र, पालिका र वडामा बसोबास गरिरहेको प्रमाणका रूपमा मतदाता–परिचयपत्र, विजुलीको रसिद, खानेपानीको रसिद वा वडा कार्यालयले दिएको सिफारिसपत्र आदि आवश्यक पर्नेेेछ । साथै  कम्तिमा १० वर्षदेखि स्थायी रुपमा बसोबास गरिरहेको प्रमाण, अव्यवस्थित  बसोबासीले आफ्नो वा परिवारको सदस्यको नाममा अरू तिर नम्बरी जमिन भए नम्बरी जग्गाको प्रमाणपुर्जाको फोटोकपीआदि पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।