२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

Author Uttari Morang
आइतबार, फाल्गुण २३, २०७७
उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् ।

डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् ।

कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ गाँउमा गएर कोरोको खोपका बिषयमा जेष्ठ नागरीकहलाई बुझाएका थिए । सबैलाई घर घरमै गएर खोप लगाउँदाका फाईदा र बेफाईदा बारे जाकारी गराइएको स्वास्थकर्मी सन्तोष विश्वकर्माले बताए ।

पहिला कुनै पनि खोप नलगाएकाहरुले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएकाहरुले पनि सबैलाई ढुक्क भएर भ्याकसिन लगाउन आग्रह गरेका छन् ।

खोप लगाउनका लागि नागरिकता, मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर उनीहरु खोप केन्द्रमा पुगेका थिए ।  स्थानिय कुलचन्द्र कार्कीले ढुक्क भएर भ्याकसिन लगाउन आग्रह गरे ।

गर्भवती महिला,तुरुन्त गर्भवती हुने योजनामा रहेका महिलाहरू, सिकिस्त बिरामीहरुले खोप लगाउन नमिल्ने अन्य सवैले भ्याक्सिन लगाउन मिल्ने डाक्टर उमेश शाहले बताए ।

फागुन २८ गतेसम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाइने नगरपालिकाको कार्यालयले जनाएको छ । खोप केन्द्र तथा स्वास्थ्य कार्यालयहरुमा गएर खोप लगाउन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सवैलाई आग्रह गरेका छन् ।