२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

नगरकै पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
बुधबार, बैशाख ०८, २०७८
नगरकै पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल थालेको छ ।

नगरकै पहिलो धिमाल जातिका मानिसहरूलाइ उद्यमी बनाउन नगरपालिकाले विभिन्न तालिम संचालन तथा ब्याबसायिक बन्नेहरुका लागि औजार बितरण गर्न थालेको छ ।

नगरपालिकाले धिमाल जातिको एतिहासिक तथा पराम्परागत भेषभुषा उत्पादन, वारपिङ तथा तान मेसिन संचालन एवम् बुनाई तालिम शुरु गरेको छ ।

यसै हप्ता शुरु भएको तालिमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पहिलो जातिको बिकास तथा प्रबर्द्धनका लागि नगरपालिकाले धिमाल जाती वा समुदायले उत्पादन गरेका पहिचानसँग झल्किने पोषाकहरुको संरक्षण गरेर बजारीकरण गरी आर्थिक बिकास गराउने लक्ष्य लिएको बताए ।

पेटानी, बुना, गलबन्दी, झोला लगायतका कपडाहरुको अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न सकिने सुवेदीले बताए ।

सुवेदीले तालिम लिएर ब्यबसायिक बन्नेहरुका लागि नगरपालिकाले आवश्यक औजार समेत दिने घाषणा गरेका छन् ।

आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राइले स्थानिय सरकारले आदिवासी जनजातिहरुका लागि गरेको सहयोगले नगर क्षेत्र भित्रका आदिवासी जनताजातिहरुको भाषा लिपि संरक्षणसँगै आय आर्जनमा सहयोग पुग्ने बताए ।

धिमाल जाति बिकास केन्द्रका केन्द्रिय अध्यक्ष लोक बहादुर धिमालले बेलबारी नगरपालिकाबाट अन्य पालिकाहरुले पनि पाठ सिक्नु पर्ने बताए ।