२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित

Author Uttari Morang
सोमबार, कार्तिक १५, २०७८
मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ विरामी लाभान्वित भएका छन् ।

गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतवार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८ जनाको रक्त परीक्षण र १५३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ५५ जनाको दाँत खोलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ६६ विरामीलाई अस्पताल रेफर गरिएको छ ।

यसअघि केएमसीले ललितपुरको गोदावारीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । विपन्न विरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।