२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

Author Uttari Morang
बुधबार, पुष २८, २०७८
खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो ।
साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८ का वडाध्यक्ष मनोज खड्का, ३ का वडाध्यक्ष भक्त बहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष उपेन्द्र लुङगेली मगर, लक्षित बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा सार्वजनिक पुस्तकालय केराबारीका अध्यक्ष महाप्रसाद लुइँटेल लगायतको आतिथ्यता थियो ।

साधारणसभामा उत्कृष्ट मासिक बचतकर्ता हिम कुमारी खुलाल र बासुदेव मगर, उत्कृष्ट बाल बचतकर्ता अंशु बास्तोला र रोहित पौडेल, असल मासिक ऋणी बिन्दा कुमारी तामाङ र पुर्णबहादुर लिम्बू लगायतलाई सम्मानित गरिएको थियो ।

साधारणसभामा संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै सचिव चण्डी थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता काप्रीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक रोजन सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केराबारी गाउँपालिकाको सहकारी ऎन अनुसार २०७५ सालमा केराबारी गाउँपालिकामा सबैभन्दा पहिले दर्ता भएको सहकारीमा हालसम्म ३ सय २५ पुरुष र ३ सयभन्दा बढी महिलासहित ६ सय ४० जना शेयर सदस्य छन् । २ करोड २६ लाख ३९ हजार ४ सय रुपैयाँ चुक्ता शेयरपुँजी रहेको
खदम हिल साकोसले आ. ब. २०७७/०७८ मा ४४ लाख ३४ हजार ५ सय ५५ रुपैयाँको कारोबार गरेको थियो ।