२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
पूर्वी नेपाल

नोबेलमा सुरु भो एक हप्ते खेलकुद उत्सव, दर्जनभन्दा बढी खेल खेलाइने

Author Uttari Morang
मंगलबार, बैशाख ०६, २०७९
नोबेलमा सुरु भो एक हप्ते खेलकुद उत्सव, दर्जनभन्दा बढी खेल खेलाइने

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ ।

एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् ।

कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् ।

सात दिनसम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम र म्याराथन खेल हुनेछन् । त्यस्तै पब्जी, फिफा र मिनिमिलेसिया जस्ता अनलाइन खेल हुनेछन् ।

यता, महिलातर्फ क्रिक्सल र फुटसल खेलाइने आयोजकले जनाएको छ । कार्यक्रममा हाडजोर्नी विभागका प्रमुख डा.उदयचन्द्र चौधरीले खेलकुद उत्सवको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका छन् ।
कार्यक्रमलाई संवोधन गर्दै प्रिन्सिपल डा. घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार र डा. दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।

नोबेलका विद्यार्थीहरुले हरेक बर्ष स्पोर्टस फियस्टा गर्दै आएका छन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।