२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न

Author Uttari Morang
बिहिबार, आश्विन ०६, २०७९
लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न

मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ-४, मोरङको २३ भएको औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

संस्थाले लेटाङ स्थित जनसेवा सामुदायिक वन परिसरमा २३ औं साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता थियो । साधारणसभाको औपचारिक कार्यक्रममा लेटाङका सहकारी संस्था, सामुदायिक वन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिका रूपमा उपस्थित थिए ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने मध्ये १० जना ऋणीहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरी साधारणसभामा उत्कृष्ट मासिक बचत गर्ने ४ जना, उत्कृष्ट वाल बचत गर्ने ४ जना, उत्कृष्ट दैनिक बचत गर्ने ४ जना, उत्कृष्ट ऐच्छिक बचत गर्ने ४ जना उत्कृष्ट शेयर खरिद गर्ने २ जना र उत्कृष्ट रेमिट्यान्स कारोबार गर्ने दुई जना सम्मानित भएका छन् ।

सो अबसरमा ६ जना जेष्ठ नागरिकहरुलाइ पनि सम्मान गरिएको थियो । मृतक ७ जना मध्ये परिवार राहत कार्यक्रममा सहभागी भएका ५ जना मृतक शेयर सदस्यका परिवारलाइ ३० हजारको दरले राहत प्रदान गरिएको थियो ।

साधारणसभामा संस्थाको संचालक समितिका सचिव बहादुर गिनेलले प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९/०८० को भावी कार्ययोजना र कोषाध्यक्ष बालकुमारी लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शेयर सदस्य संख्याको हिसाबले मोरङकै ठूलो मध्येको एक यस सहकारीले एम्बुलेन्स सेवा, रेमिट्यान्स सेवा आदि पनि संचालन गर्दै आएको छ । बैंकिङ प्रणालीबाट संचालित संस्थाले मोबाइल बैंकिङ र एटीएम जस्ता सुबिधा समेत संचालन गर्दै आएको छ । लेटाङ बजारमा आफ्नै भवनमा रहेको संस्थाले लेटाङ ८ जाँतेमा सेवा केन्द्र समेत बिस्तार गरिसकेको छ ।

२८ करोड कुल पुँजी भएको संस्थामा ३ करोड २५ लाख १४ हजार ४ सय शेयर पुँजी, ४ करोड १ लाख १२ हजार ३ सय ५१ कोष हिसाब र २० करोड ८१ लाख २५ हजार ८ सय ४९ रुपैयाँ पैंतालीस पैसा बचत रहेकोे छ ।  संस्थाले डेढ दर्जन खालका बचत संचालनमा ल्याएको छ । त्यसैगरी नेफ्स्कुन, जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा गरी संस्थाको २ करोड ९७ लाख २६ हजार ४ सय ८ रुपैयाँ एकतीस पैसा लगानी हिसाब रहेको छ ।

हाल संस्थाले २१ करोड ५४ लाख ६३ हजार ९ सय ९१ रुपैयाँ, बयासी पैसा ऋण लगानी गरेको २३ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ मा ९६ लाख ६६ हजार २ सय ८६ रुपैयाँ शुद्ध बचत गरेको मोरङ साकोसको लाभांश कोषमा ३० लाख ७८ हजार ५ सय ९१ रुपैयाँ र संरक्षित पुँजी फिर्ता कोषमा १७ लाख २१ हजार ८ सय ७ रुपैयाँ रहेकोे छ ।
संस्थामा हाल ५ स्थायी, २ अस्थायी र १ करार गरी ८ जना कर्मचारी छन् । चार हजार दुई सय २१ शेयर सदस्य संख्या पुगेपनि सहकारीका हाल ३ हजार १ सय ४८ जना शेयर सदस्य कायम छन्   ।