२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्रेस काउन्सिलद्वारा केएमसी सम्मानित, राष्ट्रपतिले गरिन् सम्मान

Author Uttari Morang
शनिबार, आश्विन ०८, २०७९
प्रेस काउन्सिलद्वारा केएमसी सम्मानित, राष्ट्रपतिले गरिन्  सम्मान

स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रेस काउन्सिलको स्थापना दिवस र संविधान दिवसको अवसरमा गत आइतवार काठमाडौंको तिलगंगा सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । केएमसीका जेनेरल मेनेजर नारायण दाहालका अनुसार केमएमसी, प्रेस काउन्सिल र पत्रकार महासंघको सहकार्यमा गरिएको शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।

यसरी शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै काउन्सिलले केएमसीलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार, सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई पनि बिभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरिएको थियो ।