२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक  साधारणसभा सम्पन्न, नयाँ समिति गठन

Author Uttari Morang
सोमबार, कार्तिक १४, २०७९
लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक  साधारणसभा सम्पन्न, नयाँ समिति गठन

लेटाङ दुग्ध सहकारीको आइतबार सम्पन्न ३० औं साधारणसभाले होमप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा कल्पना भण्डारी सुवेदी, खुला सदस्यमा कमला सुवेदी र खुल्ला महिला सदस्यमा यमुना पौडेल चयन भएका छन् । त्यसैगरी संचालक समिति सदस्य तथा डिपो संयोजकहरुमा बासुदेब बराल (देवीझोडा डिपो), कुवेरलाल पोख्रेल (घँघरु डिपो), भवानी प्रसाद न्यौपाने (तुर्के डिपो), देवीप्रसाद लुइँटेल (बुधबारे डिपो), चन्द्रप्रसाद गौतम (फडानी डिपो), सदानन्द निरौला (जाँते डियो), दिपक भण्डारी (लेटाङ डिपो) चयन भएका छन् ।
त्यसैगरी साधारणसभाले रामप्रसाद भण्डारीको संयोजकत्वमामा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । लेखा समितिमा हरिप्रसाद काफ्ले र चतुरसिं राई सदस्य चयन भएका छन् ।
गुणस्तर दुध बिक्री गर्ने कृषकहरुलाइ बाल्टी
साधारणसभामा गुणस्तर दुध बिक्री अन्तरगत न्युनतम १ हजार लिटर दुध बिक्री गर्ने १२ जना कृषकहरुलाइ सिलबरे बाल्टी दिएर पुरस्कृत गरिएको छ । जसमा कुमारी तामाङ, भिमबहादुर सुर्य मगर, बलबहादुर आले मगर, उत्तरकुमारी राइ, वदमसुवा राइ, लक्ष्मीप्रसाद भण्डारी, टिकाराम खनाल, युवराज भण्डारी, ज्ञानकुमारी राइ, पार्वता ओझा, राजकुमार बस्नेत र भिमाकुमारी गुरुङ छन् ।

जेष्ठ सदस्यहरु सम्मानित
जेष्ठ सदस्य सम्मान अन्तरगत कौशिलादेवी खतिवडा, केदारप्रसाद पौडेल, बिष्णुप्रसाद खतिवडा, सूर्यप्रसाद ढुङ्गेल, रत्न बहादुर बस्नेत र कछलादेवी दाहाल गरी ६ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
७२ जना कृषकहरू पुरस्कृत                    नियमित दुध बिक्री प्रोत्साहन अन्तरगत ५७ जना कृषकहरु जनही तीन हजारदेखि १ लाख ९ हजार ९ सय २३ रुपैयाँ सम्म नगदद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुने केराबारी ९ की वेदमाया कार्कीले सबैभन्दा बढी १ लाख ९ हजार ९ सय २३ रुपैयाँ पाएकी छिन् । त्यस्तै लेटाङ ९ का योगेन्द्र धितालले ७७ हजार १ सय ७६ रुपैयाँ, केराबारी ९ की कमला सुवेदीले ५९ हजार २ सय ९० रुपैयाँ, लेटाङ ५ का चेतराज अधिकारीले ४३ हजार ८ सय ६२ रुपैयाँ, केराबारी ९ की दिपा वास्तोलाले १६ हजार ६ सय २९ रुपैयाँ,  लेटाङ ४ का चतुरसिं राईले १४ हजार ४ सय ४४ रुपैयाँ, केराबारी ९ का भक्त वहादुर थापा र वलवहादुर विष्टले क्रमश: १३ हजार ५ सय ३० र १२ हजार ८ सय ५ रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै ६ हजार भन्दा बढी नगद पाउनेमा नवराज विष्ट, डम्वर वहादुर थापा, सावित्रा गुरुङ र लाल वहादुर थापा छन् ।  ५ देखि ६ हजारसम्म पाउनेमा सजिना वास्तोला, शारदा खतिवडा, कमला खतिवडा, गुरुराज धिमाल, भिममाया मगर, तिल वहादुर थापा, चुडामणि खड्का, भद्रशिला राई, रेनुका नेपाल, सिता वस्नेत, सन्तवहादुर मगर र डगेन्द्र प्रसाद ओझा छन् । ४ देखि ५ हजार पाउनेमा मान वहादुर वोहोरा, कन्चन राई, देविमाया अधिकारी, डम्वरुवल्लभ भण्डारी, रामवहादुर गौतम, मुक्तिनाथ ओझा, भानुभक्त वराल, विमल भट्टराई, युवराज भण्डारी, धनपति आचार्य, शान्ता राई, धर्मप्रसाद गौतम, रामकुमार चौलगाई, शिवप्रसाद लामिछाने र लाल वहादुर लिम्वु छन् ।  त्यसैगरी डिल्लिप्रसाद वास्तोला, खगेन्द्र प्रसाद लामिछाने, मनुकला पुलामि मगर, गिता घिमिरे, रन्जु थापा, तारा राई, वासुदेव चौलगाई, निशा पाण्डे, उर्मिला सुवेदी, आरती ढकाल, सुनिता थापा मगर, हरी वहादुर वस्नेत, पुष्पा वुर्जा, सन्तकुमार ठकी, भेषराज खत्रि, ख्यामुनाथ दाहल, रामप्रसाद भण्डारी र डकवहादुर खड्काले ३ हजारदेखि ४ हजार रुपैयाँ पाएका छन्  ।
८ लाख ९४ हजार ७ सय ३ लिटर दुध खरिद बिक्री
  लेटाङ नगरपालिकाका सबै वडा तथा केराबारी गाउँपालिकाको वडा नम्बर ९ कार्यक्षेत्र रहेको २०४२ सालमा स्थापित लेटाङ दुग्ध उत्पादक सहकारी संस्थामा हाल ९ सय ४५ जना शेयर सदस्य छन् । हाल ८ ठाउँमा दुग्ध संकलन केन्द्र खोलेको संस्थाले आर्थिक बर्ष २०८७/०७९ मा ८ लाख ९४ हजार ७ सय ३ लिटर दुध खरिद बिक्री गरेको थियो ।
बार्षिक १२ करोड ७२ लाख ७९ हजार २ सय २३ रुपैयाँको कारोबार
आर्थिक बर्ष २०७८/०७९ मा कुल १२ करोड ७२ लाख ७९ हजार २ सय २३ रुपैयाँको कारोबार गरेको संस्थाले ७ करोड ८२ लाख ९६ हजार ४० रुपैयाँ, ९८ पैसा  आम्दानी गरेको र ६ करोड ७४ लाख ६८ हजार २ सय ९३ रुपैयाँ, ८१ पैसा खर्च गरी ३३ लाख ६१ हजार ३ सय ४७ रुपैयाँ १७ पैसा खुद बचत गरेको संस्थाले जनाएको छ । २०७९ असार मसान्तको वासलात ६ करोड ७९ लाख ६८ हजार ३ सय ६३ रुपैयाँ ५२ पैसा रहेकोे लेखा तथा सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

३० औं साधारणसभामा प्रस्तुत भएको प्रतिवेदन अनुसार संस्थाले  बार्षिक दुध बिक्रीको आधारमा २ हजार लिटरभन्दा बढी दुग्ध बिक्री गर्ने कृषकहरुलाइ प्रोत्साहन बोनस दिने गरेको छ । संस्थाले पशु बिमा, सुत्केरी पशु स्याहार, निशुल्क एआइ सेवा, घाँसको बीउ बितरण जस्ता कार्यक्रम समेत संचालन गर्ने योजना बनाएको छ ।

अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा ब्यबस्थापक कुलप्रसाद नेपालले संचालक समितिको तर्फबाट आ.ब. ०७८/०७९ को प्रगति प्रतिवेदन तथा आ.ब. ०७९/०८० को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने लेखा संयोजक रोहित खतिवडाले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।