२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्रधानमन्त्रीको निर्देशनमा मलेसियाबाट १३ जना नेपालीको उद्धार, २८ जना प्रतीक्षामा

Author Uttari Morang
मंगलबार, पुष २६, २०७९
प्रधानमन्त्रीको निर्देशनमा मलेसियाबाट १३ जना नेपालीको उद्धार, २८ जना प्रतीक्षामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।
नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।
निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियामा रहेको नेपाली राजदूतावाससँग बन्धक बनाइएका नेपालीहरूको अवस्था बुझेर तत्काल उद्धारका लागि पहल गर्न निर्देशन दिएको थियो । सो पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका छन् ।
मलेसियामा अलपत्र परेका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि मंगलबार र आउँदो शुक्रवार ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाको एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।