२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

धनकुटामा कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण अभियान

Author Uttari Morang
बुधबार, साउन २४, २०८०
धनकुटामा कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण अभियान

नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरीक विशेष अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष अभियानको विरुवामा पानी लगाएर उद्घाटन गरे ।

नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा साउन २० गते देखी साउन ३० गते सम्म क्षेत्र,पालिका,वडा र टोल टोलमा आन्तरीक संगठन सुदृढीकरण गर्न प्रतिनिधिहरु पठाएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको सभापतित्वमा भएको संगठन सृदृढीकरण र विस्तार अभियानको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले क्षेत्र, पालिका र वडाहरुमा खटिएका प्रतिनिधिहरुले गर्नु पर्ने कामको वारेमा, जिल्ला सचिव विजय सन्तोषी राईले अभियानको उदेश्य र उपलब्धीको वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा, प्रदेश कार्य समितिका सदस्य सूर्य राई, यूवा नेता कमोट कुमार फागु, जिल्ला सदस्य तिर्थ राई,चन्द्र याक्खा, टिका भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाले पदेश सभा क्षेत्र नं. १ मा संविधान सभा सदस्य लिला सुब्बा र क्षेत्र नं. २ मा संविधान सभा सदस्य अञ्जना ताम्लीलाई र धनकुटाको महालक्ष्मी नगरपालिकामा उपसभापती निर्मल ओझा, सागुरीगढी गाउपालिकमा उपसभापति सुनिल कुमार डंगोल, धनकुटा नगरपालिकामा जिल्ला सचिव विजय सन्तोषी राई, पाख्रिवास नगरपालिकामा जिल्ला सचिव जयन्द्र घिसिङ्, सहिदभूमी गाउँपालिकामा जिल्ला सहसचिव रोशन श्रेष्ठ, छथरजोरपाटी गाउपालिकामा सहसचिव गिरिजा प्रसाद दाहाल र चौविसे गाउपालिकामा प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

वडाहरुमा जिल्ला सदस्य तथा पार्टीका नेताहरुलाई अभियानको लागी परिचालन गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले वताए  ।