२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी

Author Uttari Morang
आइतबार, आश्विन २८, २०८०
बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी

बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर कार्की नेतृत्वको समूह निर्बाचित भएको छ  ।
निर्वाचनमा एमाले, माओवादी र जसपासहितको संयुक्त बाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार  दुर्गाप्रसाद गौतमलाई पराजित गर्दै कार्की निर्वचित भएका हुन् । कार्कीले ८ सय ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी गौतमले  ७ सय २० मत मात्र ल्याएका थिए  । उपाध्यक्षमा कांग्रेसकै प्रगति मोक्तान ७ सय २१ मतका साथ बिजयी भएकी छिन । निकटतम प्रतिद्धन्दी मदन राइले ६ सय ५० मत मात्र प्राप्त गरिन्।

सचिबमा बाम गठबन्धनका मनकुमार गुरुङ ६ सय ९ मतका साथ बिजयी भएका छन । निकटतम प्रतिद्धन्दी सपना काफलेले ४ सय ७४ र भोला नेपालले ३ सय २७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कांग्रेसका रिक्तबहादुर गुरुङ ७ सय ८३ मतका साथ बिजयी भएका छन । बाम गठबन्धनकी बिन्दुकला गुरुङले ६ सय २७ मत मात्र प्राप्त गरिन ।

खुल्ला सदस्यहरुमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी (सियोम) राजेश शाह, जानुका बिश्वकर्मा र बिष्णु दाहाल बिजयी भएका छन् ।

लेखा संयोजकमा कांग्रेसका दिपेन्द्र लामिछाने ६ सय ५२ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिद्धन्दी जगतबहादुर क्षेत्रीले ६ सय ४ मत प्राप्त गरे । सदस्यमा साबित्रीकुमारी धिमाल र कोपिला तामाङ बिजयी भएका छन ।