२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

देउसी खेलेको पैसाबाट धनकुटाका पत्रकारले अनाथ बालबालिकालाई दिए शैक्षिक सामग्री

Author Uttari Morang
बिहिबार, मंसिर ०७, २०८०
देउसी खेलेको पैसाबाट धनकुटाका पत्रकारले अनाथ बालबालिकालाई दिए शैक्षिक सामग्री

धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको देउसीभैलो कार्यक्रमका समन्वयकर्ता रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, ड्रोइङ पेपर लगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, सचिव हरीबहादुर लम्जेल, सल्लाहकारहरू सन्तवीर लामा, भेषराज कटेल, सोविस चेम्जोङ, सन्तोष रुचाल, पत्रकारहरू मानवी तामाङ, जानु तामाङ, सन्तोष सुवेदी, कुमार बस्नेत, विपिन दाहाल लगायतले सामग्री हस्तान्तरण गरेका छन् ।

पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई पढाईमा केही सहयोग पुर्याउने उद्देश्यले देउसीभैलोको पैसाबाट सहयोग प्रदान गरिएको देउसी टोलीका समन्वयकर्ता सन्तवीर लामाले जानकारी दिए । शैक्षिक सामग्री प्रदान गरेर बचेको पैसामा थप गरेर जिल्लामा क्रियाशील दुई दर्जन बढी पत्रकारहरू पाख्रीवासको जौटारमा बनभोज पनि गएका छन् ।