२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीका वाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक (भिडियो सहित)

Author Uttari Morang
आइतबार, माघ १४, २०८०
बेलबारीका वाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक (भिडियो सहित)

मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक गरिएको छ।
अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा बेलबारीमा अबस्थित सांस्कृतिक भवनको सभाहलमा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी रहेका थिए ।
विमोचन समारोहमा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष तथा साहित्यकार छवि वैरागी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई,सङ्गीतकार भीम बस्नेत, वाद्यवादक तथा गायक मेखराज कार्की, महिला नेत्री सीता सुवेदी, पत्रकार नरेन्द्र बस्नेत , केपी सुवेदी लगायतको उपस्थिति थियो ।
बाल गायक प्रज्वल सुवेदीको नयाँ गीतलाई सुप्रसिद्ध गीतकार बुद्धवीर लामाले रचना गरेका हुन् भने सङ्गीतकार कृष्णभक्त राईले सङ्गीत तथा एरेन्ज गरेका हुन्।

विमोचन गरिएको नेपाली भाका बोलको नयाँ गीत गायक पौडेलको ‘प्रज्वल पौडेल २०७०’ युवट्युव च्यानलमा हेर्न सकिने आयोजक एवम् कार्यक्रमका अध्यक्ष चण्डी सामपाङ राईले जानकारी दिए।

कार्यक्रममा बेलबारी,सुन्दरहरैँचा सहित पूर्वका विभिन्न ठाउँबाट कला, साहित्य र सङ्गीतप्रेमीहरुको उपस्थिति थियो ।