२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

Author Uttari Morang
मंगलबार, बैशाख २५, २०८१
हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।

मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्नुहुनेछ ।’

७.१ किलोमिटर लामो सो सडक विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७१८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १५ महिना अर्थात आर्थिक वर्ष २०८२÷०८३ मा काम सक्ने गरी आशिष आशीर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।

तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन् । सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् ।