२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

पथरीशनिश्चरेमा एक बाच्छीले नब्याउँदै दिन्छ दिनहुँ अढाई लिटर दुध

Author Uttari Morang
आइतबार, जेठ २०, २०८१
पथरीशनिश्चरेमा एक बाच्छीले नब्याउँदै दिन्छ दिनहुँ अढाई लिटर दुध

भुमी पाठक

मोरङको पथरीशनिश्चरेमा नब्याएको बाछी अर्थात कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ ।
पथरीशनिश्चरे –९ रिगुवाका पिताम्बर नेपालले पालेका गाईले बिगत ९ महिनादेखि दैनिक दुध दिन थालेको हो। नेपालले पाँच हजार रुपैयाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याएका थिए। ल्याएको सात महिनादेखि गाईको फाँचोमा दुध भरिएपछि पशु चिकित्सकको सल्लाह बमोजिम २०८० साल भदौ १० गतेदेखि दुहुन थालेको नेपालले बताए । सुरुमा बिहान एक पावा र साँझमा एक पाला २५० मिलिमिटर दुध दिएको गाईले दुध बढाउँदै लगेर अहिले अढाई लिटर जति पुर्याएको गाइधनी नेपालले बताए।
बाछीले अरू गाईजस्तै दुध दिने र स्वाद पनि फरक नभएको तर हाल बिहान मात्र दुध दुहुने गरेको नेपालले बताए।

नब्याएको कोरली बाछीले के कारणले दुध दियो भन्नेबारे पथरीशनिश्चरे-१ का भेट जेटीए भीम ढकालले पशु प्रजनन अङ्ग सम्बन्धी डिसब्यालेन्सका कारण उन्नत जातकाे नश्ल सुधार गरेकाे बाच्छा- बाच्छीहरूमा हर्मोनको सट्टा ग्यालेक्टाेरिया बढी उत्पादन भएमा यस्तो हुने गरेको बताए।