२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

मोरङ प्याब्सनद्वारा  जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, ४९ स्कुलका ८४ जना विद्यार्थी सहभागी

Author Uttari Morang
सोमबार, आषाढ ०३, २०८१
मोरङ प्याब्सनद्वारा  जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, ४९ स्कुलका ८४ जना विद्यार्थी सहभागी

✍️भूमिप्रसाद पाठक
मोरङको पथरी शनिश्चरेमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
सोमबार पथरीशनिश्चरे – २ को सिन भिलेज पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ जिल्ला कार्य समितिले सो प्रतियोगिता आयोजना गरेको हो।
प्याब्सन पथरीशनिश्चरेले आतिथ्यता गरेकाे साे प्रतियोगितामा कूल ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । सोही अवसरमा १३ जना विभिन्न चित्रकारहरूले आ आफ्ना सुन्दर चित्रहरू स्केच गरी कार्यशालामा सहभागी भएका थिए ।
उक्त प्रतियोगिताको कक्षा १ देखि ५ अर्थात जुनियर तर्फ ग्रेटग्रेस पथरी शनिश्चरेकी प्रश्ना तामाङ प्रथम, सुपब् मोडल पथरीका सेसेहाङ लिम्बु दोस्रो र पूर्वाञ्चल विद्या सदन विराटनगरकी एन्जेलिना श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् । सिद्दार्थ सुन्दर हरैंचाका सिम्रन खड्का र एभरेष्ट अंग्रेजी स्कूल पथरीकी आभा केरूङले जुनियरतर्फ सान्त्वना स्थान हासिल गरेका छन् ।
त्यसैगरी, कक्षा ६ देखि १० सम्म अर्थात सिनियर तर्फ ग्रेडेट स्कूल विराटनगरकी कृतिका यादव प्रथम, बाल देवदुत रंगेली दोस्रो र माउण्ट मकालु रंगेलीका चन्चल मण्डल तेस्रो भएका छन् । सिनियरतर्फ पूर्वाञ्चल विद्या सदन विराटनगरकी अनिसा राई र जुपीटर सुन्दर हरैंचाका अनुनय कोइरालाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्की, प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, नेपाल अभिभावक संघका देवी पन्थी,
प्याब्सन मिक्लाजुङका अध्यक्ष नवराज दवाडी लगायतले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि मोरङ प्याब्सनले गरेको कामकि प्रशंसा गरेका थिए। जिल्ला सचिव जगत बस्नेतले कार्यक्रम संचालन गरेका थिए।